HomeFeatureकाँग्रेस नेता मोहनप्रसाद पाण्डेद्वारा प्रतिनिधिसभा सदस्यका रुपमा शपथ ग्रहण

काँग्रेस नेता मोहनप्रसाद पाण्डेद्वारा प्रतिनिधिसभा सदस्यका रुपमा शपथ ग्रहण

काठमाण्डौ, 23 ऩोवेम्बर 2020

नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सपथ ग्रहण गर्नुभएको हो । पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले सपथ ग्रहण गराउनुभएको हो । प्रतिनिधि सभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । प्रतिनिधि सभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताउनुभयो । यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताकोबीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गर्नुभयो ।

२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रीभुवन बहुमुखि क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...