काठमाडौँ, 25 अगस्त 2021
संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले यसअघि मंगलबार क्रियाशील सदस्यता सूची सार्वजनिक लगायतका माग राखेर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । आफ्ना माग पूरा गराउने विषयमा पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै ३ जिल्लाका सभापति र २ युवा नेता आज अनसनमा बस्न लागेका हुन् ।नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य, धादिङ जिल्ला सभापति रमेश धमला तथा युवा नेताद्वय रञ्जित कर्ण र डिल्लीराम सुवेदी अनसनमा आज रिले अनसनमा बस्दैछन् ।पूर्व सभासद कर्ण र नेविसंघ पूर्व उपाध्यक्ष सुवेदी सबल कांग्रेसका लागि युवा अभियानमा आवद्ध छन् । रिले अनसन २४ घण्टे हुने जनाइएको छ । माग पूरा गर्न उदासीन भए आमरण अनसनसम्म सुरु गर्ने चेतावनी जिल्ला सभापतिहरुले दिएका छन् ।









































