काठमाडौ, 15 दिसम्बर 2021
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा एकैपटक ३ ठाउँमा मतगणना भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ । यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसक्नुभएको छ ।









































