काठमाडौं, 15 दिसम्बर 2021
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको सवै मत परिणाम पुष १० गतेभित्र आइसक्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै खाँणले पुष १० गतेसम्म निर्वाचन आयोगमा पार्टी पदाधिकारीको नाम बुझाईसक्नुपर्ने भएकाले त्यसअवधिमा नै महाधिवेशन अन्तर्गतको सवै मत परिणाम आइसक्ने बताउनुभएको हो । उहाले महाधिवेशनको सम्पूर्ण काम पुरा भएपछि पार्टीको निर्वाचन समितिले पार्टीलाई प्रतिवेदन बुझाउने र सोहि आधारमा निर्वाचन आयोगमा नवनिर्वाचित समितिको नाम बुझाउने जानकारी दिनुभयो । त्यस्तै उहाले सहज ढंगले मतगणना भइरहेको जानकारी दिनुभयो ।









































