HomeFeatureकाठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना

काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना

काठमाडौं, 4 जून 2022

विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा विशेष साइक्लिङ भेलाको आयोजना गरिएको छ । विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित साइकल ऱ्याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर,  हुँदै  दरबारमार्गमा पुगेर भेलामा परिणत भएको थियो । नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदुषण, व्यापार घाटा बढ्दै भएको अवस्थामा साईकलको प्रयोगमा प्रोत्साहन गर्न र्यालीको आयोजना गरिएको हो । र्याली पछि आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउने र काठमाडौंमा साइकल लेन बनाउने बिषयमा अध्ययन र छलफल अघि बढाउने बताउनुभयो । उहाले साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुनसक्ने उहाको भनाई छ । त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरमा ३२ दशमलव ५ किमि साइकललेन बनाइसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउने जानकारी दिनुभयो । उहाले ललितपुरभित्र पर्ने चक्रपथमा समेत साइकल लेन बनाउने काम छिटै सुरु हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले साइकल चढौँ स्वस्थ रहौँ लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...