HomeFeatureकाठमाडौंको त्रिपुरेस्वरमा सर्जिकल व्यवसायीमाथि भएको कुटपिट विरुद्ध व्यवसायीहरु आन्दोलित

काठमाडौंको त्रिपुरेस्वरमा सर्जिकल व्यवसायीमाथि भएको कुटपिट विरुद्ध व्यवसायीहरु आन्दोलित

काठमाडौं,1 सेप्टेम्बर 2020

सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन। सोमबार दिउँसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन। सर्जिकल व्यवसायलाई राज्यले अत्यावश्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए। सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउँसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफुमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताउनुभयो। दिउँसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समुहले कुटपिट गरेको उहाँले बताउनुभयो ।

व्यवसायीहरुले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन। कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिले सम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताए। सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्नुभयो। उहाँले व्यवसायी माथि कुटपिट गर्नेहरुले बनाएको नियम गैह्र कानूनी भएको भन्दै राज्यले बन्द गर्न नभन्दा सम्म चौविसै घण्टा पसल सञ्चालन गर्ने बताउनुभयो।

व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावश्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताउनुभयो। उहाँले केही समय मात्रै पसल सञ्चालन गर्दा भिड बढेकोले संक्रमणको जोखिम समेत बढेको बताउनुभयो। त्यसैले अबदेखि चौविसै घण्टा पसल खोल्ने सिलवालले बताउनुभयो। व्यवसायी माथि भएको कुटपिटको विरोध जनाउन एकठाउँमा भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ। प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावश्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने बताएको छ । त्यस्तै व्यवसायीको सुरक्षाका लागि प्रहरी रहेको भन्दै प्रहरीले निर्वाधरुपमा पसल सञ्चालन गर्न माइकिङ गरेको हो ।

सर्जिकल व्यवसायलाई सरकारले अत्यावश्यक सेवा अन्तर्गत राखेको छ। तर पनि त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरुले स्थानीयहरुको आग्रहलाई स्वीकार गर्दै विहान ११ बजे देखि दिउँसो २ बजे सम्म पसल सञ्चालन गर्दै आएका थिए । जोखिम मोलेर काम गरिरहेका व्यवसायीमाथि कुटपिट हुनु आफुहरु असुरक्षित भएको महसुस भएको भन्दै घटनाको जिम्मेवारी केमसान, वडा कार्यालय र स्थानीय ब्वाइज युनियनले लिनुपर्ने व्यवसायीहरुले बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...