HomeFeatureकिसानहरुलाई नासपाती बारीमै कुहिने डर

किसानहरुलाई नासपाती बारीमै कुहिने डर

काठमाडौं,1 सेप्टेम्बर 2020

कोरोना भाइरस (कोभिड-१९)ले विश्वभरी नै ठूलो जनधनको क्षति गरेको छ। गत वर्षको डिसेम्बरमा चीनको उहानबाट उत्पत्ति भएको कोभिड-१९ बाट विश्वभरी करोडौँ जनता प्रभावित भएका छन। नेपालमा पनि कोरोनाले नराम्ररी प्रभावित गरेको छ। हजारौँको संख्यामा संक्रमित छन भने, २ सय भन्दा बढीको मृत्यु भइसकेको छ। यति मात्रै होइन उद्योग धन्दा व्यापार व्यवसाय पनि प्रायः ठप्प छन। किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफुल बजार अभावमा कुहिएर जाने अवस्थामा रहेको छ। निषेधाज्ञाका कारण विक्री नभएर भक्तपुरको सूर्यविनायक नगरपालिकामा दूध सडकमा फ्याकिएको भदौ १३ गते मात्रै हो। संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवालाको ध्यान कोरोना नियन्त्रणतर्फ केन्द्रीत हुँदा किसानका उत्पादन सडकमा फलिने, बारीमा कुहिएर जाने घटना घट्नु नौलो कुरा होइन। सम्पूर्ण राज्यशक्ति कोरोना केन्द्रीत हुँदा आफ्नै बारीको उत्पादन बजारसम्म पुर्याउन नपाउँदा किसानहरु पीडित त बनेका छन नै जीविकोपार्जनका आधार नै खोसिएको महसुस पनि गर्न थालेका छन। संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नासपाती बारीमै कुहिने अवस्थामा पुगेको छ।

नासपाती फल्ने मूख्य सिजन, नासपाती विक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ । विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नासपाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन (निषेधाज्ञा) का कारण आएका छैनन । दक्षिणकाली नगरपालिका ८ छइमलेका तेजबहादुर लामालाई नासपातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो की भन्ने चिन्तामा हुनुहुन्छ। गत वर्ष ९० हजार बराबरको २ सय बोरा नासपाती विक्री गर्नुभएका उहाँको खेतबारीमा ३४ बोट नासपाती छन । यो वर्षपनि २ सय बोराभन्दा बढी फलेपनि विक्री नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजार देखि १ लाखसम्मको नासपाती विक्रि गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन । जीविका चलाउने आधार नै नासपाती भएपनि विक्री नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नी भन्नु हुन्छ अर्का किसान पूर्ण बहादुर तामाङ । विश्वव्यामी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्यसंस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लक डाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउदा कुहिने अवस्थामा रहेका फलफुल, तरकारी लगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...