काठमाडौं, 13 जनवरी 2023
विहिबार काठमाडौमा आयोजित फेसन रनवेमा बलिउड सेलिव्रिटी तथा फेसन आइकन मलाइका अरोरादेखि नेपाली अभिनेत्रीसम्मले सौन्दर्यको जादू छरेका छन् । होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरेका हुन् । मलाइका उक्त फेसन रनवेमा प्रमुख शो स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् । नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा मलाइका आकर्षक देखिएकी थिइन् । मलाइकालाई रनवेमा नेपाली अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासनासिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका थिए । रनवेमा नेपाली मोडलहरु रत्न र आभूषण जडित गहना लगाएर र्याम्प नापेका थिए । कार्यक्रममा गायिका सुवानी मोक्तानले सांगीतिक प्रस्तुति दिएकी थिइन् । बलिउड अभिनेत्री समेत रहेकी मलाइका फेसन शोमा सहभागि हुन विहिबार बिहान काठमाडौं आएकी थिइन्। नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको एक्स्पो शुक्रबारदेखि तीन दिनसम्म संचालन हुँदैछ जहाँ दर्शकले निःशुल्क सहभागिता जनाउन सक्नेछन् । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो ।









































