HomeFeatureसन्दीपका वकिलले भने : क्रिकेट संघले अब कप्तान बनाउनुपर्छ

सन्दीपका वकिलले भने : क्रिकेट संघले अब कप्तान बनाउनुपर्छ

काठमाडौं, 13 जनवरी 2023

अदालतले धरौटीमा छाड्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेलाई क्याप्टेनमा पुनर्वहाली गर्न उनका वकिल सरोजकुमार घिमिरेले क्यानलाई सुझाव दिएका छन् । सन्दीप लामिछानेका वकिल सरोजकुमार घिमिरेले उनी थुनामुक्त भएपछि कप्तानको जिम्मेवारी दिनुपर्ने तर्क गरेका छन्। बलात्कार अभियोगमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज शर्तसहित धरौटीमा रिहा हुँदै छन् ।  नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।

उनका वकिल वकिल सरोजकृष्ण घिमिरेले अदालतको आदेशसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तानको भूमिकामा फर्काउनुपर्ने बताएका छन् ।  अहिले नेपाली क्रिकेटको अवस्था खस्किरहेको बताउँदै  क्यानले गम्भीरतापूर्वक लिएर कप्तानमा फर्काउनु पर्ने बताए ।

‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यकता नै छैन । अहिले नेपाली क्रिकेटमा डिभिजन नै घटुवा हुने अवस्था आइसकेको छ,’ उच्च अदालत परिसरमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘क्यानले यदि गम्भीरतापूर्वक लिन्छ भने सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ । थुनाबाट बाहिर निस्केपछि क्याप्टेनसिप त फिर्ता दिँदा हुन्छ ।’

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...