HomeFeatureकाठमाडौं पुग्यो भारतले पठाएको कोरोना खोपको पहिलो खेप

काठमाडौं पुग्यो भारतले पठाएको कोरोना खोपको पहिलो खेप

काठमाण्डौ, 21 जनवरी 2021

कोरोनाविरुद्दको १० लाख डोज खोप नेपाल आइपुगेको छ। भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्दको १० लाख डोज खोप बिहिबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्दको खोप हस्तान्तरण गर्नुभएको हो

मन्त्री त्रिपाठीले यस खोपको न्यायपूर्ण सदुपयोग गरिने बताउनुभयो। पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरसफाईकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लगायतलाई प्राथमिकतामा राखेर खोप दिईने उहाँको भनाई छ । अन्य प्राथमिकताको जनसंख्यालाई पनि खोप दिइने उहाँले बताउनुभयो ।

सरकारले आधारभुत जनसंख्याको लागि निशुल्क रुपमा खोप उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताउनुभयो। नेपालमा थप ४० लाख खोप आवश्यक रहेको भन्दै उहाँले पहिलो चरणको खोप अभियान अन्त्य हुनुअगावै ल्याइसक्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । आगामी दिनमा पारदर्शी ढंगले खोप खरिद प्रक्रिया अगाडी बढाइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...