HomeFeatureअमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा पदभार ग्रहण

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा पदभार ग्रहण

नयाँ दिल्ली, 20, जनवरी 2021 

अमेरिकामा जो बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् ।

बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार सम्हालेका हुन ।

समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले एकताको कुरा गर्दै एकताले हामी ठूला चुनौतीहरुको सामना गर्न सक्ने बताएका थिए । बाइडेनले पूर्ववर्ती राष्ट्रपतिहरूप्रति आभार प्रकट गरेका थिए । उनले आफु सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति भएको बताएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित भएका थिए ।

नोभेम्बर २०, सन् १९४२ मा जन्मिएका जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए ।

शपथग्रहण कार्यक्रमलाई लक्षित गरी अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

गत नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत प्राप्तका साथ ऐतिहासिक जित हासिल गरेका थिए । तथा डोनाल्ड ट्रम्पले भने २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए । समारोहमा नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिशले पनि शपथ ग्रहण गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...