HomeFeatureकाठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अपील

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अपील

काठमाडौं, 29 अप्रेल 2021

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडाैं उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न महानगरबासिलाई अपिल गर्नुभएको छ । बिहीबार महानगरपालिका बासिलाई अपिल गर्दै प्रमुख बिद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सुचनालाई आधार मानि स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भिडभाड हुँदा संक्रमण फैलिने भएकाले ति स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गर्नुभएको छ ।

प्रमुख शाक्यले महानगरपालिका भित्र बसोबास गर्नेहरुमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन ११८०, मोवाईल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...