HomeFeatureभारतमा रहेका नेपालीहरुबारे नेजस भारत चिन्तित, नेपाल सरकारसँग गर्यो यस्तो माग

भारतमा रहेका नेपालीहरुबारे नेजस भारत चिन्तित, नेपाल सरकारसँग गर्यो यस्तो माग

काठमाण्डौ, 29 अप्रेल 2021

कोभिड महामारीको दोस्रो लहरका कारण भारतमा रोजगारी गरिरहेका नेपालीहरु मारमा परेपछि नेपाली जनसम्पर्क समिति भारतले नेपालीहरुको जीवन रक्षाको माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बझाएको छ । भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि कोभिड १९ बाट प्रभावित भारतमा रहेका नेपालीहरुको जीवन रक्षाका लागि नेजस भारतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

वेजस भारतका अध्यक्ष तथा नेपाली कांँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले एक पत्रमार्फत् भारतमा रहेका नेपालीको जीवन रक्षाका लागि विशेष पहल गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ , ‘भारत सरकारसँग भएको स्रोत साधन प्रयोग गर्दा पनि कोरोना महामारी नियन्त्रण बाहिर गैरहेको छ ।हस्पिटलहरुमा अक्सिजन, बेड नपाएर विरामीहरु गल्ली र सडक किनारमा बस्न भारतीय तथा त्यहाँ रहेका नेपालीहरु वाध्य छन्’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हाम्रो त्यहाँ रहेका नेपालीको जीवन रक्षा गर्नु कर्तव्य नै हो । उनीहरुको जीवन रक्षाको लागि विशेष व्यवस्थाको पहल नेपाल सकारकारले गरोस् । हामी पनि नेपालीहरुको जीवन रक्षा र नेपालमा हुन सक्ने महामारीलाई समयमै व्यवस्था मिलाउन सरकारसँग सहकार्य गर्ने तयार छौं । समयमै भारतबाट आउने नेपाली नगरिकको पिसीआर परीक्षण र सरकारकै मापदण्ड अनुसार नेपाल आउने व्यवस्था मिलाइयोस् ।’

अध्यक्ष पाण्डेले समयमै हामी व्यवस्थापन नगरे नेपालमा महामारी हुनसक्ने कुरामा ध्यानाकर्षण गराउँदै गतवर्षको अवस्था यसपटक अझ भयभित अवस्था देखिएको उनले बताएका छन् । अध्यक्ष पाण्डेका अनुसार भारतको विशेष गरी दिल्लीमा धेरै नेपालीहरु स्वास्थ्यको कारण धेरै पीडित रहेको र पछिल्लो २ हप्तामा मात्रै ३० जनाको मृत्यू भएको छ ।

‘अक्सिजन पाएका छैनन् । हस्पिटलमा भर्ना पाएका छैनन् । अतिनै बिजोग हलत छ । बस व्यवसायीले जथाभावी भाडा असुल गर्ने जस्ता विकृति पनि देखिएको छ । बिगतमा धेरै गुनासो र दूतावासले सरकारले गरेन भन्ने जनगुनासो बारे ध्यानाकर्षण गर्दै र वास्तविक पीडितको सेवाको लागि एउटा रेस्क्यु टिम बनाउने, दूतावास, सबै समाजिक संस्थाहरु, नागरीक समाज, त्यहाँ रहेका पत्रकारलाई समेटेर त्यहीँकै स्रोत साधन प्रयोग गर्ने गरी बनाउदा नेपाली नागरिकले सेवा पाउनेछन् । उनीहरुको जीवन रक्षा हुनेछ । पुनः नेपाल सरकारलाई समयमै ध्यानाकर्षण गराउन चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...