HomeFeatureकिन गरे मेदान्तामा काम गर्ने नेपाली डाक्टरले आत्महत्या, कारण पत्नी ?

किन गरे मेदान्तामा काम गर्ने नेपाली डाक्टरले आत्महत्या, कारण पत्नी ?

नयाँ दिल्ली, 2 सेप्टेम्बर
भारतको हरियाणा राज्यको गुरुग्राममा रहेको मेदान्ता अस्पतालमा कार्यरत विराटनगरका डा. सुजितकुमार साहले मंगलबार आत्महत्या गरेका छन ।

डा. साहले गुरुग्राम सेक्टर -47 स्थित हीवो सोसाइटीमा आठौँ तल्लाबाट मंगलबार बिहान हाम फालेर आत्महत्या गरेका थिए।

डाक्टर साहले आत्महत्या गर्नुअघि कोलकातामा रहने आफ्नी पत्नी डाक्टर लक्ष्मीसित फोनमा कुरा गरेको पुलिसले जनाएको छ । मृतक डाक्टरको फोन कल र डाक्टर साहले आत्महत्या गर्ने कुरा पत्नी लक्ष्मीको बयानको आधारमा पुलिसले उनिहरुबिच 2 मिनेट कुरा भएको र त्यस क्रममा डाक्टर साहले आत्महत्या गर्न लागेको बताएको र उनकी पत्नी लक्ष्मीले उनलाई आत्महत्या नगर्न सम्झाएर फोन काटेको बताएको छ । फोन काटिएपछि डाक्टर साहले वाट्स एप म्यासेज समेत गरेका थिए । त्यसपछि पत्नी लक्ष्मी डराएर तुरुन्तै गुरुग्राम पुलिसको कन्ट्रोल रुममा सूचना दिएकी थिइन । तर पुलिस साहको फ्लैटमा पुग्दा सम्म उनले आत्महत्या गरिसकेको पुलिसले जनाएको छ ।

पुलिसले घरायसी झगडाका कारण डाक्टर साहले आत्महत्या गरेको अनुमान गरेको छ । डाक्टर सुजित र डाक्टर लक्ष्मीको 2010 मा विवाह भएको थियो । उनिहरुको 6 वर्षकी एक छोरी पनि छिन । डाक्टर साह गुरुग्रामको मेदान्ता अस्पतालमा कार्यरत थिए भने लक्ष्मी कोलकातको एक नीजि अस्पतालमा कार्यरत छिन । उनिहरु पछिल्लो 2 वर्षदेखि अलगअलग बस्दै आएका थिए ।

डाक्टर साहको पारिवारिक स्रोतका अनुसार पति-पत्नीबिचको सम्बन्धमा विवाद थियो । र उनिहरुको वैवाहिक सम्बन्ध विच्छेद हुने अवस्थामा पुगेको थियो । त्यसै कारण पनि डाक्टर साह तनावमा आएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । डाक्टर साहको आत्महत्याको खबरपछि बिराटनगर 13 आश्रम टोलबाट डाक्टर साहका बुवा नरेन्द्रप्रसाद साह, मृतकका भाइ सन्दिप र काका अजय साह बुधबार गुरुग्राम पुगेको जानकारी पाईएको छ ।

परिवारलाई लक्ष्मीले नै फोन गरि आत्महत्याको बारेमा जानकारी दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...