धनगढी, 2 सेप्टेम्बर, हिम शाह सेती प्रादेशीक अस्पतालले अबदेखी कोरोना परिक्षण शुल्क लिने भएको छ ।
नेपाल सरकारको निणर्य बमोजिम अब २ हजार ५ सय शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।
सो कुराको जानकारी अस्पतालले बुधबार एक सुचना मार्फत जानाकारी गराएको हो । 
अब स्वच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिले अब कोरोना परीक्षण गर्दा दुई हजार पाँच सय शुल्क तिर्नुपर्ने छ।
संघीय सरकारले चार हजार चार सय रुपैँया लिन सक्ने बताए पनि सेती अस्पतालले दुई हजार पाँच सय रुपैँया शुल्क तोकेको छ ।









































