HomeFeatureकीर्तिपुर नगरपालिकाद्वारा कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री वितरण

कीर्तिपुर नगरपालिकाद्वारा कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री वितरण

काठमाण्डौँ, 17 अप्रेल

कीर्तिपुर नगरपालिकाले कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ। नगरपालिकाले शुक्रबार कीर्तिपुर विश्वविद्यालयमा करिब 5 सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो। कोरोना भाइरस (कोभिड-19) को संक्रमणको रोकथामका लागि देभशर लकडाउन गरिएपछि विद्यार्थीहरुलाई खाद्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका वडा नम्बर 9 का अध्यक्ष एवम् कीर्तिपुर नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताउनुभयो। संयोजक महर्जनले कुनैपनि विद्यार्थीलाई भोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताउनुभयो। उहाँले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थीहरु सबैको आकडा आउने क्रममा नै रहेको र जसलाई समस्या परेको छ सबैलई राहत उपलब्ध गराउने उहाँले बताउनुभयो।

विद्यार्थीहरुलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताउनुभयो। उहाँले विश्व विद्यालयमा अध्यनरत करिब 5 सय जनाले राहत पाएको बताउनुभयो।

नगरपालिकाले विद्यार्थीहरुलाई 10 किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको छ। कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...