HomeFeatureअलपत्र परेका नागरिकहरूलाई गासवासको प्रवन्ध गरी सुरक्षित ढङ्गले गाउँ पुऱ्याउने व्यवस्था मिलाउन...

अलपत्र परेका नागरिकहरूलाई गासवासको प्रवन्ध गरी सुरक्षित ढङ्गले गाउँ पुऱ्याउने व्यवस्था मिलाउन देउवाको आग्रह

काठमाण्डौँ, 17 अप्रेल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण अलपत्र परेका जनताको विषयमा चासो व्यक्त गर्नुभएको छ। कोरोना भाइरस (कोभिड–19) महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि राजधानीबाट गाउँ-गाउँसम्म मजदुर हिँडेर गएका खबर सार्वजनिक भएपछि देउवाले यो विषयमा चासो राख्दै उनीहरुलाई सहयोग गर्न माग गर्नुभएको हो।

पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले ट्वीटहरूको एक शृङखलामा जनतालाई सुरक्षित तरिकाले गाउँ पुऱ्याउन सरकारसँग माग गर्नुभएको छ। ‘राजधानीबाट घर जाने ती जनताहरूलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढङ्गले गाउँ पुऱ्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु’, पहिलो ट्वीटमा देउवाले लेख्नुभएको छ।

दोस्रो ट्वीटमा देउवाले निमुखा नागरिकको पीडामा सरकार दर्शक बनेको भन्दै आपत्ति जनाउनुभएको छ। ‘काठमाण्डौँमा श्रम गरिरहेका नागरिकहरू खाना र बस्ने व्यवस्था नहुँदा सयौँ किलोमिटर पैदल हिँडेर घर गइरहेका छन्। सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो, तर सरकारमा बसेकाहरु ति निमुखाहरूको त्यो यात्राको दर्शक मात्रै भएका छन्।’ देउवाले दोस्रो ट्वीटमा लेख्नुभएको छ।

तेस्रो ट्वीटमा भने देउवाले दुःख पाएका नागरिकलाई पार्टीका भातृ र शुभेच्छुक संस्थाका साथिलाई सामाजिक दूरी कायम गर्दै खाने र बस्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ। ‘लकडाउनको कारण काठमाण्डौँ लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिँडेर घर गइरहेका नागरिकहरुलाई नेपाली काँग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथिले सामाजिक दुरी कायम गरी आ-आफ्नो क्षेत्रमा खाना र राति भए वासको प्रबन्ध मिलाउन आग्रह गर्दछु’, देउवाले तेस्रो ट्वीटमा लेख्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...