HomeFeatureकुर्मीको न्यायका लागि बसेका महिलालाई घर पठाउने वातावरण बनाउन सामाजिक समितिको सरकारलाई...

कुर्मीको न्यायका लागि बसेका महिलालाई घर पठाउने वातावरण बनाउन सामाजिक समितिको सरकारलाई निर्देशन

काठमाडौं, 3 दिसम्बर 2022

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसेका महिलाको माग सम्बोधन हुने प्रत्याभूति गरि घर फर्कने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले काठमाडौंको माइतिघर मण्डलामा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य स्थीति परिक्षण गर्न गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरि घर फर्कने वातावरण बनाउन महिला आयोग, गृहमन्त्रालय , महिला बालबालिका मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीहरू गत मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । त्यस्तै बैठकले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो । बैठकले महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रूतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितको सुरक्षाको सुनिश्चितता गर्न पनि निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...