HomeFeatureकेपी ओलीका कारण वर्तमान सरकार विस्तार हुन नसकेको  टिप्पणी: खिमलाल भट्टराई

केपी ओलीका कारण वर्तमान सरकार विस्तार हुन नसकेको  टिप्पणी: खिमलाल भट्टराई

काठमाडौं, 10 अगस्त, 2021

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्री केपी ओली फोबियाका कारण वर्तमान सरकार विस्तार हुन नसकेको टिप्पणी गर्नुभएको छ । मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भट्टराईले पूर्वप्रधानमन्त्री ओली सिंहदरबार छोडेर बालकोट गएपनि नेपाली राजनीति उहाँकै वरिपरी घुमेको दाबी गर्नुभयो । सदनमा पनि ओलीकै चर्चा हुने गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार विस्तार हुन नसक्नुमा केपी ओलीकै फोबिया भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘केपी ओली सिंहदरबार छोडेर, बालुवाटार छोडेर उहाँ बालकोट जानुभाको छ । तरपनि राजनीति चाहीँ उहाँकै वरिपरि घुमेजस्तो चाहीँ हामी देख्छौँ । सदनमा आउँदापनि उहाँकै चर्चा हुन्छ । सदनमा आउँदाखेरी कतिपय सत्तापक्षका माननीयहरुले उहाँको विरोधमा चर्चा गरिराख्नुभएको हुन्छ । आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुको पछाडी पनि केपी ओलीकै फोबिया छ की भन्ने मलाई लाग्छ ।

उहाँले गणतन्त्रको सम्बन्धमा केपी ओलीको निष्ठामाथि प्रहार गर्ने काम भएको बताउनुभयो । राजतन्त्रको उन्मुलन, सामन्तवादको उन्मुलन, साम्राज्यवादी शोषणबाट देशलाई मुक्त गर्न र दलाल पुँजिवादबाट देशलाई मुक्त गर्न केपी ओली १४ वर्ष जेल बसेको र आफ्नो जीवन सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि व्यतित गरेको भन्दै ओलीको निष्ठामाथि प्रश्न नगर्न उहाँले आग्रह गर्नुभयो । ओली गणतन्त्रको नेता भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘बाह्रबुदे समझदारीको ड्राफ्टमा हेर्नुभयो भने त्यहाँ को को नेताहरु संलग्न थियो ? त्यहाँ केपी ओली हुनुहुन्छ । आन्दोलनको कार्यसूची तय गर्ने कुरामा केपी ओली हुनुहुन्छ । र सडक आन्दोलनलाई अगाडी बढाउने कुरामा त्यसको अगुवाइ गर्ने कुरामा केपी ओली हुनुहुन्छ । यसहिसाबले कहाँको निष्ठामाथि प्रश्न छ ? गणतान्त्रिक आन्दोलनको नेता केपी ओली, सडक आन्दोलनको नेता केपी ओली, अनि केपी ओलीको निष्ठामाथि प्रहार गर्ने ? त्यो प्रश्न कसरी उठ्यो ? म यसप्रति निन्दा व्यक्त गर्न चाहान्छु ।

सांसद भट्टराईले नेपाली कांग्रेस पार्टी विचारशुन्य भएको टिप्पणी गर्नुभयो । कांग्रेसले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शको मृत्यू भइसकेको उहाँले बताउनुभयो । त्यसैगरी माओवादी आफ्नो तागतमा उभिन नसकेर बैशाखीको खोजी गर्दै हिडेको उहाँले जिकिर गर्नुभयो । माओवादी आफ्नो अस्तित्व रक्षाको लागि कहिले एमाले र कहिले काँग्रेसको पछि लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘बिचारधारात्मक हिसाबले भन्नुहुन्छ भने कांग्रेसको मृत्यू भएजस्तो हो । आज कांग्रेस प्रजातन्त्र विपीले जुन दृष्टिकोण अगाडी सार्नुभयो, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद यो कांग्रेसको विचारधारा हो । आदर्श हो भनेर भनियो । र आज विपी सँगसँगै यि सबै आदर्शहरुको मृत्यू भइसक्या स्थिति छ । कांग्रेस आज गुहिरोको काग भएको छ । माओवादीको हालत भन्ने हो भनेदेखि, माओवादी वैशाखीको खोजी गर्दै हिड्ने हो । माओवादी आफ्नो तागतमा आज उभिने त्यो साहस गर्न सक्दैन । आफ्नो तागतमा माओवादी उभिन सक्दैन । यो यथार्थ हो । कहिले एमालेको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्ने, कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्ने माओवादीको हालत यही हो । आफुलाई सबल बनाउन लाग्नुप¥यो । अरुको कद घटाउनतिर भन्दापनि आफुलाई बलियो बनाउनतिर लागियो भनिदेखि राजनीतिक दल बलिया भए भनिदेखि लोकतन्त्र संस्थागत हुन सक्दछ । लोकतन्त्र बलियो हुन सक्दछ ।

उहाँले सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न नसकेको र त्यसलाई समस्याको रुपमा देखाएको बताउनुभयो । वर्तमान सरकारले लिपुलेक, लिम्पियाधुराको विषयमा केही गर्न नसक्ने उहाँको भनाई छ । त्यस्तै सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गर्न नसक्ने र भुमि सम्बन्धी समस्याको समाधान पनि गर्न नसक्ने सांसद भट्टराईको दावी थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...