HomeFeatureट्राफिकद्वारा नो हर्न र मास्क खै अभियानमा कडाइ

ट्राफिकद्वारा नो हर्न र मास्क खै अभियानमा कडाइ

काठमाडौं, 10 अगस्त, 2021

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाडौं उपत्यकामा “मास्क खै” र “नो हर्न” अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना संक्रमणबाट बच्नको लागि मास्कको प्रयोग अनिवार्य भएकोले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्लेकार्ड, तथा गाडीमा स्टीकर र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर जागरुकता फैलाएको बताउनुभयो । उहाँले हातमा प्लेकार्ड बोकेर हिँड्दा काममा अवरोद्ध हुने भएकोले शरीरमा फित्ता लगाउने अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको संक्रमणबाट बच्नको लागि मास्कको प्रयोग गर्नुपर्छ, यो अत्यन्त जरुरी छ भनेर मास्कको प्रयोग बढाउन र अनिवार्य छ भनेर चेतना फैलाउनका लागि विभिन्न उपाय गरिरहेका थियौँ, प्लेकार्डमा लेखेर देखाउने काम गर्यौं,मास्कको अनिवार्यता र चेतना जगाउने उद्देश्यले यी काम गरिरहेका थियौँ, मास्क खै भनेर फित्ता लाएको कारण हात हल्लाएर गर्ने हाम्रो ड्यूटिमा अवरोध हुने भएकोले जनमानसमा चेतना जाने र चेतना जगाउने उद्देश्यले मास्क खै कार्यक्रम व्यापकतामा लाँदैछौँ ।”

उहाँले २०७४ सालमा ल्याइएको नो हर्न कार्यक्रमलाई पनि प्रचारमुखी बनाउन, निरन्तर्ता दिन र चेतना जगाउन कडाइका साथ लागि पर्ने बताउनुभयो । उहाँले नो हर्नको स्टीकर प्रत्येक ड्राइभरले गाडी चलाउँदा देखिने ठाउँमा राखिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०७४ मा ल्याइएको नो हर्नको कार्यक्रमलाई अघि बढाउँछौँ, ०७४ सालदेखि नै अफ्ठेरो नपरीकन हर्न बजाउनु हुँदैन, हर्नले वातावरण प्रदूषण गर्छ भनिएको थियो, त्यही अभियानलाई फेरि प्रचारमुखी बनाउन, निरन्तर्ता दिन, चेतना जगाउन लागि परेका हौँ, यो प्रत्येक ड्राइभरले बिहान उठेर गाडीमा बसेपछि देखिने ठाउँमा नो हर्नको स्टीकर टाँस्छौँ, यदि यसलाई मँनानुभएन भने कारबाहीको दायरामा ल्याउँछौँ ।”

उहाँले अनावश्यक ठाउँमा हर्न बजाउने ड्राइभरलाई कारबाहीको दायरमा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...