केरला, 7 अगस्त 2020
केरलाको कोझिकोडे अन्तराष्ट्रीय विमानस्थलमा एयर इण्डियाको विमाम दुर्घटनाग्रस्त हुँदा 19 जनाको मृत्यु भएको छ । विदेशबाट भारतीयहरुलाई स्वदेश ल्याइरहेको विमान शुक्रबार राती दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा भारतीय एयरफोर्सका पूर्व क्याप्टेन र विमानका सह चालकसहित 19 जनाको मृत्यु भएको हो । विमानमा रहेका चालक दलका सदस्यसहित 170 यात्रुहरुको उद्धार गरिएको छ । विमानमा 190 यत्रुहरु सवार थिए । दुबईबाट यात्रुहरुलाई लिएर केरला आईरहेको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका कारण विमानको अगाडीको भाग 2 टुक्रामा विभाजन भएको बताइएको छ ।









































