तिरुवन्तपुरम, 7 अगस्त 2020
भारतको केरल राज्यको इद्दुकी जिल्लामा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 17 पुगेको छ । राजमालाको पेत्तिमुडीमा पछिल्लो 4 दिनदेखि भइरहेको भीषण वर्षाले जाँदा दर्जनौंको ज्यान गएको आंशका गरिएको छ । टाटा ग्लोबल बेवरेजेज (टीजीबी) को सहयोगी कम्पनी कन्नन देवान हिल्स प्लान्टेशन कम्पनी प्राइभेट लिमिटेड (केडीएचपी) का 80 भन्दा धेरै चिया बगानका कर्मचारीहरु उनिहरुको परिवार बेपत्ता भएका छन । उनिहरुको खोजीकार्य भइरहेको छ ।
राजमलाईमा नेम्मक्कड़ एस्टेटको पेटीमुडी डिभीजनमा 20 परिवारको घरमा पहिरो खसेको छ । परिवारका सदस्यहरु भग्नावशेषमा पुरिएका छन । अहिलेसम्म 17 जनाको शव बरामद गरिएको छ । 13 जनालाई उद्धार गरिएको छ ।









































