HomeFeatureकैलालीमा आजदेखि निषेधाज्ञा खुकुलो

कैलालीमा आजदेखि निषेधाज्ञा खुकुलो

धनगढी, 5 सेप्टेम्बर, हिम शाह                                  जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरेको निषेधाज्ञालाई आजदेखि खुकुलो पारिएको छ। निषेधाज्ञा हटाएपनि सेवाग्राहीको घुईचो हुने जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालयका सेवाग्राही नागरिकहरुका लागि भने भदौ ३१ गतेसम्म बन्द नै रहनेछन् । यी कार्यालयहरु अत्यावश्यकीय कामका लागि भित्रि रुपमा खुला रहनेछन ।

भदौ ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी वितरण गर्ने कार्य बन्द रहने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। यसअघि भदौ ४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा आजदेखि ३१ भदौसम्म लागु हुने गरी खुकुलो पारेर निषेधाज्ञालाई निरन्तरता दिइएको हो।

प्रजिअ बोहराले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म बजार खुला रहेपनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने सबै चिज बन्द रहने बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने निषेधाज्ञा यथावत रहनेछ ।

आजदेखि कैलाली जिल्ला भित्र सार्वजनिक र नीजि सवारी साधनहरु चल्न दिईनेछ । चैत ११ पछि पहिलो पटक यस्तो निर्णय गरिएको हो । यद्यपि जिल्लाभित्र सवारी साधन चलाउन जोर बिजोर प्रणाली लागु गर्नुका साथै सवारी साधन सञ्चालन गर्दा यात्रु संख्या र मापदण्ड भने तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...