HomeFeatureअर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा, राष्ट्रिय सभाको कार्यकाल सकिनु अघि मन्त्री पदबाट राजीनामा

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा, राष्ट्रिय सभाको कार्यकाल सकिनु अघि मन्त्री पदबाट राजीनामा

काठमाडौं, 4 सेप्टेम्बर                                          अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।

साकारका प्रवक्ता समेत रहेका डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि उनको राजीनामा आएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको सांसद बन्ने बाटो तत्कालका लागि बन्द भएको छ ।

प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर सांसद कै रुपमा ६ महिनासम्म मन्त्री बनेका हुन्।

गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्रालय सम्हालेका थिए ।

भदौ २० मा खतिवडाको पद स्वतः सकिने भएपछि उनले शुक्रबार नै राजिनामा दिएका हुन् । संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...