HomeFeatureकोभिड-१९ बाट थप १४ जनाको मृत्यु, यो सँगै नेपालमा ज्यान गुमाउनेको संख्या...

कोभिड-१९ बाट थप १४ जनाको मृत्यु, यो सँगै नेपालमा ज्यान गुमाउनेको संख्या २ सय ७१ पुग्यो

काठमाडौं, 4 सेप्टेम्बर 2020

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौंका मात्रै ४ जना महिला रहेका छन। काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो। एकजना चिवतनका ३५ वर्षिया महिला रहेका छन। यसैगरी सप्तरीमा ५५/५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ। यस्तै प्युठानमा ५८, रुपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

आज १ हजार ३ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ। १३ हजार ६ सय ३८ वटा पीसीआर परीक्षण भएकोमा ४ सय ६४ महिला ८ सय ९५ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएकोमा ४४ हजार २ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज १ हजार ३ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन ।

सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७ बागमती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा  १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन। प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा ३, बागमती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन। आज क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...