HomeFeatureकोभिड-१९ बाट थप ८ जनाको मृत्यु, योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या...

कोभिड-१९ बाट थप ८ जनाको मृत्यु, योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ७९ पुग्यो

काठमाडौं, 16 सेप्टेम्बर 2020

कोरोना भाइरस कोभिड-१९ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ । आज नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । आजसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । जसअनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा६ हजार ६३ गरी देशभरी आजसम्म ४१ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १६, प्रदेश नम्बर २ मा ९ सय ४६, बागमती प्रदेशमा ४ हजार ५ सय ९५ र गण्डकी प्रदेशमा ८ सय १ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ७२, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना संक्रमित रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ३९, प्रदेश नम्बर २ मा १ हजार ३ सय १, बागमती प्रदेशमा ३ हजार ९ सय र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ४२, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा३ सय १४ गरी देशभरी ७ हजार ७ सय १ जना संक्रमित रहेका छन । यस्तै आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...