HomeFeatureपश्चिम सिक्किममा दुर्घटनामा परि SKM केन्द्रिय सदस्य तोपजाङ भोटियाको मृत्यु

पश्चिम सिक्किममा दुर्घटनामा परि SKM केन्द्रिय सदस्य तोपजाङ भोटियाको मृत्यु

सिक्किम, १६ सेप्टेम्बर (केएन शर्मा )

पश्चिम सिक्किमको हि- गाउँ कलुक सडक बिच पेचरेक १७ माइलमा मंगलबार बेलुका लगभग ८ बजे वाहन दुर्घटना हुँदा तोपजाङ भोटियाको मृत्यु भएको छ। मूलरूपले हि-गाउँ निवासी स्व.भोटिया सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका केन्द्रिय समितिका सदस्य तथा युवा प्रकोष्टका उपाध्यक्ष हुन । एसके-०६-पी ०५९९ नम्बरको आफ्नो निजी वाहनमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो। केही काम विशेषले भोटिया रिन्चेबुङ तर्फ गएका थिए भने बेलुकाका समय घर फर्कदा घटना भएको अनुमान लगाइएको छ।

 

वाहन सडकदेखि केही तल अलैंची बारीमा पुगेको छ , दर्के झरी र कुइरो लागेको समय भएकाले सडकबाट बेलुका देख्न नसकेको हुँदा आज बिहानमात्रै थाहा पाएर हिगाउँ पुलिस साथै स्थानीयको सहयोगमा शवको उद्वार गरि गेजिङ जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि लगियो भने पोस्टमार्टमपछि शव परिवारलाई सुम्पेको छ । थाहा लागे अनुसार मृतक भोटीया वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका एक सकृय युवा हुन । सरकार गठन गराउनमा उनको ठुलो योगदान छ। उनको असामायिक निधनले पश्चिम जिल्लाको मानेबुङ – देन्ताम क्षेत्र प्रभारी पुर्ण हाङ सुब्बा साथै पश्चिम जिल्लाका पार्टीका युवाहरूले पनि दुःख ब्यक्त गर्दै हार्दिक संवेदना चढाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...