HomeFeatureकोभिड-19 बाट मृत्यु हुनेको संख्या 1 लाख 3 हजार 506 पुग्यो, संक्रमितको...

कोभिड-19 बाट मृत्यु हुनेको संख्या 1 लाख 3 हजार 506 पुग्यो, संक्रमितको संख्या 17 लाख 10 हजार 148

नयाँ दिल्ली, 11 अप्रेल

वैश्विक चुनौतीको रूपमा देखिएको कोरोना भाइरस (कोभिड-19) का कारण अहिले सम्म 1 लाख 3 हजार 506 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 17 लाख 10 हजार 148  पुगेको छ। 3 लाख 82 हजार 41 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। 12 लाख 24 हडार 601 जना उपचारार्थ छन्।

कोरोना भाइरसको वैश्विक प्रभाव हेर्ने हो भने, इटालीमा सबैभन्दा बढी 18 हजार 859 जनाको ज्यान गएको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा 5 लाख 3 हजार 177 जना भेटिएका छन्। अमेरीकामा ज्यान गुमाउनेको संख्या इटालीपछि सबैभन्दा बढी 18 हजार 761 पुगेको छ। इटालीमा 1 लाख 47 हजार 577 जनामा संक्रमणको पुष्टि भएको छ। स्पेनमा अहिलेसम्म 16 हजार 353 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 61 हजार 852 पुगेको छ।

कोरोना भाइरसको उद्गम बिन्दु चीनले भने स्थिति नियन्त्रणमा लिएको छ। चीनमा संक्रमितहरूको संख्या 81 हजार 953 पुगेको छ। 3 हजार 339 जनाले ज्यान गुमाएका छन्। भने 77 हजार 525 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। चीनमा अहिले सक्रिय संक्रमितको संख्या 1 हजार 89 जना उपचारार्थ छन्।

भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढेर 7 हजार 600 पुगेको छ। 249 जनाले ज्यान गुएका छन् भने, 774 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भारतमा 6 हजार 577 जना अझै उपचारार्थ छन्।

नेपालमा भने कोरोना भाइरस संक्रमितहरूको संख्या 9 रहेको छ भने एक जना उपचारपछि ठिक भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...