काठमाडौं, 21 अप्रेल
उदयपुरको भुल्केस्थित मस्जिदमा थप ८ जनालाई कोरोना संक्रमण भएको आशंकामा धरानस्थित बिपि कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उनीहरुको थप परिक्षण भएको र उनिहरु सबैलाइ कोरोना संक्रमण भएको पुष्टि भए लगत्तै नेपालमा उदयपुरकै एक ३३ वर्षे युबा समेत गरि अब देशमा 42 जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सङ्ग सङ्गै प्रदेश १ सरकारले उदयपुर जिल्लामा लक डाउन कडाई गर्ने गर्ने पनि निर्णय गरेको छ ।
मंगलबार कोरोना पुष्टि भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष छन् भने ३६ वर्षीय एक महिला र एकजना उमेर नखुलेको महिला गरी जम्मा ११ जनामा कोरोनाको नतिजा पोजेटिभ देखिएको छ । यसरी अहिलेसम्मको विवरणअनुसार नेपालमा कोरोना पुष्टि भएकाको संख्या ४२ पुगेको छ । देशभर संक्रमित भएकामध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
यता नवलपरासीको कावासोतीस्थित क्वारेन्टाइनमा राखिएका एक भारतीय सहित तिनजना फरार भएका र उनीहरुको खोजीकार्य जारी छ । भने, उता धनुषाको एक मस्जिदमा 8 जना जमाती लुकेर बसेको आशन्का गरिएको खबर छ र उनीहरुको खोजी कार्य भएको पनि बुझीएको छ । उदयपुर घटनाले गर्दा नेपालका मुस्लिम समुदायका विभिन्न संघ सस्थाहरुले अधिराज्यभरका मस्जिद र मदरसामा अनुगमनको कार्य सुरु गरेका छन र यो अनुगमनका लागि उनिहरुलाई स्थानिय प्रशासनले सहयोग गरेको समाचार छ ।
नेपालमा अहिलेसम्म 33562 जनालाइ RDT टेस्ट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालय ले जनाएको छ ।
सरकारले ल्याएको अध्यादेश राजनैतिक दल र संबैधानिक परिषद प्रति नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । सरकारले आफ्नो अधिनायकवादी शैली प्रकट गरेको काङ्ग्रेसले जिकिर गरेको छ र सङ्ग सङ्गै राप्रपा लगायत अन्य दलहरुले पनि यसको चर्को बिरोध भै रहेको छ । सत्तारुढ दल नेकपाका माधव नेपाल जस्ता शिर्ष नेताहरू र अन्य नेताकार्यकर्ता यी अध्यादेशबाट असन्तुष्ट देखिएका छन । नेपालको बुद्धिजीवी वर्गले यसलाइ हाम्रो नेपालको संस्कार पद्धति छ नी बाउको सम्पत्तिमा अंस बन्डा गर्ने भाइ भाइ छुट्टिनु जस्तै गरेको आरोप लगाएका छन, भागबन्डा नमिलेको हो कि भन्ने उनीहरुको आकलन रहेको छ ।
प्रदेश ५ मा लकडाउनको नियमनका लागि थप कडाइ गरिएको छ । उता कपिलवस्तुको सिमा क्षेत्रका मानिसहरु रातभर जाग्राम बस्न थालेका छन । र कपिलवस्तुका सबै मस्जिद र मदरसाको अनुगमन भयो, कोहि फेला नपरेको पुष्टि भएको प्रदेश ५ का राष्ट्रिय मदरसा बोर्ड का उपाध्यक्ष मौलाना महशुद खान ले जनाएको खबर छ ।
नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदको प्रक्रियालाई अघि बढाएको छ । सेनाले 2 अर्ब, २६ करोड ७ लाख ७१ हजार रुपैया बराबरको ७६ थरिका स्वास्थ समाग्री चिनबाट ल्याउने भएको छ ।









































