नयाँ दिल्ली डेस्क, 21 मई 2020
वैश्विक महामारी कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 3 लाख 30 हजार 374 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 51 लाख 17 हजार 775 पुगेको छ भने, अहिलेसम्म 20 लाख 42 हजार 948 जना उपचारपछि ठिक भएका छन्। 27 लाख 35 हजार 338 जना अहिलेपनि उपचारार्थ छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 94 हजार 963 जनाको ज्यान गएको छ। संक्रमितको संख्या 15 लाख 93 हजार 486 पुगेको छ, भने 3 लाख 70 हजार 971 जना उपचारपछि ठिक भएका छन्। ब्रिटेनमा अहिलेसम्म 35 हजार 704 जनाको ज्यान गएको छ। 2 लाख 48 हजार 293 जना संक्रमित भएका छन्। त्यसैगरी इटालीमा अहिलेसम्म 32 हजार 330 जनाको ज्यान गएको छ। 2 लाख 27 हजार 364 जनामा संक्रमणको पुष्टि भएको छ, भने 1 लाख 32 हजार 282 जना उपचारपछि ठिक भएका छन्। स्पेनमा अहिलेसम्म 27 हजार 888 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 79 हजार 524 पुगेको छ, भने 1 लाख 96 हजार 958 जना उपचारपछि ठिक भएका छन्।
भारतमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 1 लाख 13 हजार 321 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 3 हजार 456 पुगेको छ। 45 हजार 900 जना उपचारपछि सञ्चो भएका छन्। त्यसैगरी 63 हजार 965 जनाको अहिले पनि उपचार चलिरहेको छ। भारतमा अहिलेसम्म 26 लाख 15 हजार 920 जनाको कोरोना परीक्षण गरिएको छ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 453 पुगेको छ। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ, भने 49 जना उपचारपछि सन्चो भएका छन्। 401 जनाको अहिलेपनि उपचारार्थ रहेका छन्। नेपालमा अहिलेसम्म आरडीटी र पीसीआर विधि गरि 1 लाख 17 हजार 431 जनाको कोरोना परीक्षण गरिएको छ।









































