नयाँ दिल्ली डेस्क, 21 मई 2020
समुद्री आँधी आम्फनका कारण पश्चिम बंगालमा ज्यान गुमाउनेको संख्या 72 पुगेको छ। त्यस मध्ये 15 जनाको मृत्यु राजधानी कोलकातामा भएको छ । यसैबिच राज्यकी मुख्यमन्त्री ममता बनर्जीले प्रभावित भएका परिवारलाई 2 लाख 50 हजार रुपैया राहत रकम दिने घोषणा गर्नु भएको छ ।
एक प्रतिक्रिया दिँदै मुख्यमन्त्री बनर्जीले यस्तो विपद पहिले कहिलै नदेखेको भन्दै प्रधानमन्त्रीलाई स्थितिको निरीक्षण गर्न आग्रह गर्ने भन्नुभएको छ । आँधीका कारण पश्चिम बंगाल र उडिशाका कयौं क्षेत्रहरुमा क्षति पुगेको छ । आँधी भने अहिले कमजोर भएर उत्तर-उत्तर पूर्व हुँदै बंगलादेशतर्फ बढेको छ । यसअघि भारतीय मौसम विभागले आफुहरुले गरेको पूर्वानुमान सठीक भएको र पहिलेनै चेतावनी जारि गरिएकाले कम क्षति भएको बताएको छ ।
आँधीको चेतावनी अनुसार यसअघि नै NDRF को 39 टीमहरु पश्चिम बंगाल र उडीशामा परिचालन गरिएको थियो भने आँधी आउनु अघि लाखौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।









































