नयाँ दिल्ली 16 मई 2020
वैश्विक महामारी कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 3 लाख 9 हजार 89 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 46 लाख 52 हजार 624 पुगेको छ भने, अहिलेसम्म 17 लाख 73 हजार 615 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 88 हजार 523 जनाको ज्यान गएको छ, भने संक्रमितको संख्या 14 लाख 84 हजार 579 पुगेको छ। ब्रिटेनमा अहिलेसम्म 33 हजार 998 जनाको ज्यान गएको छ, भने 2 लाख 36 हजार 711 जना संक्रमित भएका छन्। इटालीमा अहिलेसम्म 31 हजार 610 जनाको ज्यान गएको छ, भने 2 लाख 23 हजार 885 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 27 हजार 459 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 74 हजार 367 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 941 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 78 हजार 219 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। त्यसैगरी 89 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 86 हजार 595 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या कोरोनाको उद्गम बिन्दु देश चीनको भन्दा बढी हो। त्यसैगरी भारतमा ज्यान गुमाउनेको संख्या बढेर 2 हजार 760 पुगेको छ। 30 हजार 786 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 278 पुगेको छ। त्यसैगरी अहिलेसम्म 36 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































