काठमाण्डौँ, 16 मई 2020
कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक एक जनाको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत 29 वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत बैशाख 24 गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला 24 गते सुत्केरी भएकी थिइन्। 25 गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनिमा ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको थियो। स्वास्थ्यमा जटिल समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो। सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिक कक्ष ‘सिल’ गरेको छ।
मृतक महिलाको सम्पर्कमा आएका 6 जना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ।









































