HomeFeatureकोरोनाविरूद्धको लडाईमा सरकारलाई पूर्ण सहयोग गर्ने नेपाली काँग्रेसको निर्णय

कोरोनाविरूद्धको लडाईमा सरकारलाई पूर्ण सहयोग गर्ने नेपाली काँग्रेसको निर्णय

काठमाण्डौँ, 7 अप्रेल

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ। कोरोना भाइरस (कोभिड-19) को महामारीसँग लड्न सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा काँग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काठमाडौँमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको बैठकले मानविय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परिक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ। त्यस्तै बैठकले पी.पी.ई., भेन्टिलेटर, परिक्षण किटलगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताउनुभयो।

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानविय भावनाले काम गर्न बैठकले आग्रह गरेको उहाँले बताउनुभयो। बैठकले लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रह समेत गरेको छ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य समग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानविन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताउनुभयो। पी.पी.ई., परीक्षण किटलगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उहाँले बताउनुभयो। ल्याइएका स्वास्थ्य सामग्रीहरु प्रयोग गर्न उचित नहुने स्वास्थ्यकर्मीहरुले बताएको उल्लेख गर्दै गम्भिरतापूर्वक लिएको उहाँले बताउनुभयो।

काँग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ। त्यस्तै ज्यालादारी श्रमीकहरुलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ। बैंकबाट 20 लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तिमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनु पर्ने, 20 लाखभन्दा माथिको ऋण लिएकाहरु, पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लागयतको व्यवस्था गर्न समेत माग गरेको छ। कृषि क्षेत्रमा काम गरेकाहरुलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताउनुभयो।

काँग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ। पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताउनुभयो।

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्व देखि टोल सम्मको नेतृत्वमा रहेका सबैलाई आ-आफ्नो ठाउँबाट उच्च मानविय भावनाका साथ काम गर्न निर्देशन दिएको समेत उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...