काठमाण्डौँ, 22 मई 2020
कोरोना भाइरसबाट विश्वभरीमा 3 लाख 35 हजार 205 जनाले ज्यान गुमाएको छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 52 लाख 23 हजार 401 पुगेको छ भने, अहिलेसम्म 20 लाख 99 हजार 220 जना उपचारपछि ठिक भएका छन्। 27 लाख 88 हजार 976 जना अहिलेपनि उपचारार्थ छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 96 हजार 377 जनाको ज्यान गएको छ। संक्रमितको संख्या 16 लाख 21 हजार 669 पुगेको छ, भने 3 लाख 82 हजार 244 जना उपचारपछि ठिक भएका छन्। ब्रिटेनमा अहिलेसम्म 36 हजार 42 जनाको ज्यान गएको छ। 2 लाख 50 हजार 908 जना संक्रमित भएका छन्। त्यसैगरी इटालीमा अहिलेसम्म 32 हजार 486 जनाको ज्यान गएको छ। 2 लाख 28 हजार 6 जनामा संक्रमणको पुष्टि भएको छ, भने 1 लाख 24 हजार 560 जना उपचारपछि ठिक भएका छन्। स्पेनमा अहिलेसम्म 27 हजार 940 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 80 हजार 117 पुगेको छ।
भारतमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 1 लाख 19 हजार 574 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 3 हजार 600 पुगेको छ। 49 हजार 26 जना उपचारपछि सञ्चो भएका छन्। त्यसैगरी 66 हजार 948 जनाको अहिले पनि उपचार चलिरहेको छ। भारतमा अहिलेसम्म 27 लाख 18 हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 507 पुगेको छ। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ, भने 70 जना उपचारपछि सन्चो भएका छन्।









































