HomeFeatureभारतीय क्वारेन्टिन बसेका एक हजारभन्दा बढी नेपालीहरू स्वदेश भित्रिए

भारतीय क्वारेन्टिन बसेका एक हजारभन्दा बढी नेपालीहरू स्वदेश भित्रिए

काठमाण्डौँ, 22 मई 2020

भारतका विभिन्न क्षेत्रमा करिब 40 दिनदेखि क्वारेन्टिन रहेका 1 हजारभन्दा धेरै नेपालीहरुलाई विभिन्न 4 सीमाबाट नेपाल भित्र्याइएको छ। नेपाल सरकारले भारतलगायत विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न गृहकार्य गरिरहेका बेला क्वारेन्टिन अवधि पुरा गरेर पनि विभिन्न शिविरमा रहन बाध्य नेपालीहरुलाई दिल्लीमा रहेका युवा नेताहरु सन्दीप राना र आर.बी. खड्काको पहलमा भारतीय स्थानिय प्रशासन र नेपाली स्थानिय जनप्रतिनिधिको समन्वयमा नेपाल पठाइएको हो। क्वारेन्टिन अवधि पूरा गरिसकेका नेपालीहरुलाई नेपाल फिर्ता पठाउनुपर्छ भन्दै आफुहरुले गत मंगलबारदेखि अभियाननै चलाएर उनिहरुलाई नेपाल फर्काउने काम गरेको अखिल भारत नेपाली एकता मञ्चका सचिव आर.बी. खड्काले बताउनु भयो।

खड्काले उनिहरुलाई नेपाल फर्काउने अभियानमा सघाउने सबैलाई आभार व्यक्त गर्दै सन्दीप राना, नेपालका स्थानिय नगरपालिका, गाँउ पालिका र वडाका सबै जनप्रतिनिधि, सबै दल, बडर काडी. एम. आञ्जनेय कुमार सिंह, खीमपुर खीरीका डी.एम. शैलेन्द्र कुमार सिंह, डीएम अरुण सिंह, एस.पी. पुनम लगायतप्रति आभार व्यक्त गर्नुभयो। भारतमा रहेका नेपालीहरुको समस्यामा यहाँका सबै जनवर्गीय संगठनहरु एक रहेको भन्दै यस अभियानमा सहयोग गर्ने प्रवासी नेपाली एकता मंच संयोजक लोकनाथ भण्डारी, सह संयोजक इश्वरी भण्डारी, अखिल भारत नेपाली एकता मंच केंद्रीय उपाध्यक्ष  राजेन्द्र शर्मा, प्रवासी नेपाली संघ भारत केंद्रीय सचिवालय सदस्य हरि प्रसाद घिमिरे, महाराष्ट्रमा रहेका एकता मंच नेता मोहन देवकर र दिल्लीका नेता जीवन शर्मा र नेपाली जनसम्पर्क समिति अध्यक्ष बाल कृष्ण पाण्डे, समाजसेवी दिपक जीसी, बिद्यार्थी नेता अम्बिका जोशी र सुधन महतको सहयोगका लागि पनि धन्यवाद दिनु भएको छ।

क्वारेन्टाईनमा बसेका नेपालीहरुको सूचि तयार गरिएपछि करिब 1 हजार जनालाई गौरीफण्टा, सुनौली, कृष्णनगर र बिरगंज नाकाबाट नेपाल पठाईएको खड्काले बताउनुभएको छ। भारतमा लकडाउन अलि खुकुलो भएपछि बस सञ्चालकहरुले पैसाको लोभले नेपालीहरुलाई चर्को शुल्क असुलेर विभिन्न सीमासम्म पुर्याएर अलपत्र पार्ने काम गरिरहेकोले सम्भव भएसम्म यथास्थानमा बसिदिन उहाँले आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...