नयाँ दिल्ली डेस्क, 17 मई 2020
इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला पर्नुभएको छ। तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा राजदूत डु वे आइतबार मृत फेला पर्नुभएको जनाइएको छ। 58 वर्षीय उहाँको मृत्युको कारण भने खुलेको छैन्। प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ।
डु वे गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त हुनुभएको थियो। उहाँले यसअघि युक्रेनका लागि चिनियाँ राजदूतका रूपमा सेवा दिनुभएको थियो।









































