HomeFeatureकोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरु सफलः प्रधामन्त्री ओली

कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरु सफलः प्रधामन्त्री ओली

काठमाण्डौ, 25 मई 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सुरुवाती दिनमा अलमल भएपनि अहिले सरकारले चालेका कदमहरु सफल भएको बताउनुभएको छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक डाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयले डरलाग्दो क्षतिबाट मुलुकलाई जोगाएको बताउनुभयो । कोरोना संक्रमण देखिएका २ महिने शिशु र ८१ वर्षिया बृद्धा निको हुनुलाई प्रधानमन्त्रीले आफ्नो उपलब्धीका रुपमा लिनुभएको छ । दक्षिण एसियामा नेपालको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाइ अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले कम्तिमा पनि २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने योजना सरकराले बनाएको पनि बताउनुभएको छ । परीक्षण किट र औषधिको प्रवन्ध द्रुत गतिमा विस्तार गरी अझै यसलाई उन्नत बनाइने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्ति वा अन्य कुनै पनि पनि सामाजिक सहायता रकम कटौती नहुने बताउनुभएको छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताउनुभयो । योगदानमा आधारिक सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्दै सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम तत्काल सरकारी कोषबाटै मिलान गरिने उहाँले बताउुनभयो । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र प्राकृतिक विपत्ति राहत कोषमा रहेका रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हस्तान्तरण गरिने पनि बताउनुभएको छ । प्रधानमन्त्री ओलीले कोरोनासँग जुध्न स्थानीय तहमा स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा आधारवस्तुहरुको आपूर्तिका कामहरु प्रभावकारी बनाइने बताउनुभयो । अझै क्वारेन्टाइनका संख्या बृद्धि गरेर त्यसको स्तर सुधार गरिने उहाँले बताउनुभयो । होटल र सार्वजनिक स्थानहरुलाई समेत क्वारेन्टाइनस्थलको रुपमा प्रयोग गर्ने विषयमा सरकारले योजना बनाएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विदेशबाट फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काने व्यवस्थाका लागि सरकारले योजना बनाइरहेको बताउनुभयो । जुनसुकै मुलुकमा रहेका नेपालीहरुलाई पनि सरकारले समयमै उद्धार गर्ने कुरामा निश्चिन्त रहन उहाँले आग्रह गर्नुभयो । भारतीय सीमा क्षेत्रबाट आउने नेपालीहरु परीक्षण बिना नै स्वदेश फर्किरहेको उल्ले गर्दै उहाँले नियमको पालना नगर्दा र परीक्षण बिना नै भित्रिदा महामारी फैलिन मद्दत गरेको बताउनुभयो ।  महामारीका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित भएपछि विद्यार्थीहरु अन्यौलमा रहेको उल्लेख गर्दै उहाँले शैक्षिक वर्ष खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै प्रवन्ध मिलाउने बताउनुभयो । सरकाराको नीति तथा कार्यक्रममा जोड दिएअनुसार खेतीपातीको याम खेर जान नदिन सामाजिक दुरी कायम गरी कृषि कार्य अगाडी बढाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...