नयाँ दिल्ली, खुम गुरुङ, 25 मई 2020
कोरोना महामारीलाई नियन्त्रण गर्न भारतमा गरिएको लकडाउनले नेपालीहरु समस्यामा परेका छन । होटल, कलकारखाना लगायतका विभिन्न क्षेत्रमा काम गर्ने मजदूरहरुको रोजगारी गुमेपछि उनिहरुलाई खाने समस्या भएको छ । विभिन्न संगठनहरुले उनिहरुलाई खाद्यान्न सहयोग गरिरहेका छन । यही क्रममा मगर समाज दिल्लीले पनि समस्यामा परेका नेपालाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

युवा समाजसेवी सन्दीप रानाको पहलमा समाजका अध्यक्ष फर्श थापा र कोषाध्यक्ष धनसिंह रानाले दिल्लीको रोहिणी सेक्टर 9, राजापुर गाँउमा 20 जना नेपालीहरुलाई खाद्यान्न सहयोग गरेका हुन । उनिहरुलाई खाद्यान्नको अभाव आएको भन्ने जानकारी पाएपछि आफुहरुले खाद्यान्न वितरण गरेको अध्यक्ष थापाले बताउनुभएको छ ।









































