HomeFeatureअभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसको चिन्ता

अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसको चिन्ता

काठमाडौं,18 अगस्त 2020

लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो। घरेलु अभ्यासमा सिमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किदा पुरानो लय गुमेको थियो। सोमबार नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चित कालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ। तीन महिना लामो लकडाउन भएपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन। केही खेलकुद संघले मात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए। ब्याडमिन्टन, कराते, टेबल टेनिस जस्ता खेलले स्वास्थ प्रोटोकललाई पूरा गर्दा अन्य सुचारु गर्ने सोचमा थिए। अहिले तीनै खेलका खेलाडी पुन स्थगित हुँदा चिन्तित भएका छन। यस्तै चिन्ताले सताएका फुटबल अन्जन विष्टले घरेलु अभ्यासबाट आफुलाई फिट राख्ने प्रयास गरिरहेका छन।

खेल मैदानमा समूह गत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि  पनि आफुलाई फिट राख्न घरेलु अभ्यासमा ब्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट बताउँछन। त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परिक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो। बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय सँगै खेलाडी निराश भएका छन। सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी मारमा परेका छन। ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविस्कार पुडासैनी बताउँछन। पछिल्लो केही साताबाट काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो। खेलकुद क्षेत्रमा अहिले सम्म स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...