HomeFeatureकोरोना महामारीसंग जुध्नका लागि आवश्यक सवै तयारी गर्न निर्देशन

कोरोना महामारीसंग जुध्नका लागि आवश्यक सवै तयारी गर्न निर्देशन

काठमाडौं, 17 जनवरी 2022

प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना महामारीसंग जुध्नका लागि आवश्यक सवै तयारी गर्न निर्देशन दिनुभएको छ । सोमबार बालुवाटारमा बसेको बिपद न्युनिकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सवै क्षेत्रमा होल्डीङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसंग जुध्नका लागि आवश्यक सवै तयारी गर्न निर्देशन दिनुभएको हो । होल्डीङ सेन्टर र आइशोलेशनका लागि ठाँउ अभाव भए खाली रहेका बिद्यालयको समेत प्रयोग गर्नुपर्ने उहाको भनाई छ । खोप प्रयाप्तलाई बढाएर बुष्टर डोजका साथै सवै स्वास्थ्यसंस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउनका लागि सरकाररले कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो । सवै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उहाले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सवै सचेत रहनुपर्ने उहाको भनाई छ । बैठकमा बिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिनुभयो । स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उहाले ध्यानाकर्षण गराउनुभयो । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेश्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिनुभयो । नेपाल भारत खुल्ला सीमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या बढेको उहाको भनाई छ । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले भर्चुअल रुपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयले आगामी १० दिनसम्म कोरोना महामारी बढ्दै जाने र त्यसपछि भने घट्ने अनुमान गरेको छ । बैठकमा बिपक्षी दलका नेता, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका पदाधिकारी लगाएको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...