HomeFeature25 लाख नगद र गर गहना चोरी गरि नेपाली दम्पत्ति फरार

25 लाख नगद र गर गहना चोरी गरि नेपाली दम्पत्ति फरार

17 जनवरी 2022

ईमानदारीको अर्को नाम भनेर चिनिन्ने नेपालीहरुले पुर्खाले आर्जेको विश्वासमा आज भोलि कुठाराघाटत गर्दै आएका घटनाहरु एक पछि अर्को बाहिर आउन थालेका छन । नेशनल लाईभ टिभीलाई गुजरातबाट प्राप्त जानकारी अनुसार एक नेपाली दम्पत्ति आफुले काम गर्ने घरबाटै लाखों रुपयाँ र गर गहना चोरि गरेर फरार भएका छन। नेपाली युवा सेवा समाज ट्रस्टका अध्यक्ष जयेश राजपूत ( रसाईली )ले दिएको घटनाको जानकारी अनुसार मकर संक्राति पर्वको दिन आस्था होम सर्विस प्रोवाईडरद्वारा नौकरीमा राखिएका टिकापुर नगरपालिका कैलाली निवासी वर्ष 46का जगत बहादुर शाही र उनकी श्रीमति वर्ष 44 की लक्ष्मी शाही (अधिकारी) आफु काम गर्ने गुजरात राज्यको बडोदराबाट   25 लाख नगद र गर गहना सहित चोरी गरि फरार भएका छन। एक दिन अघि उनलाई होम सर्विस प्रोवाईडर रामू सोनीले नौकरीमा लगाएका थिए। उनीहरु चोरी गरि भागे पछि प्रहरीले रामू सोनीलाई समातेर राखेको छ, र उक्त दुवैको प्रहरीले तीव्र गतिमा खोजी कार्य गरि रहेको छ। निज लक्ष्मी शाहीको आधार कार्डमा लक्ष्मी जगत अधिकारी लेखिएको छ। उनका लोग्नेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय द्वारा जारी सवारी चालक अनुमति पत्र नम्बर – 10 – 011413 पनि प्रहरीले फेला पारेको छ। यदि कहीं कतै कसैले दुवै जनालाई देख्नु भए या उनको बारेमा केही जानकारी भए नजिकैको प्रहरी चौकीमा वा जयेश राजपूत ( रसाईली ) लाई – 8347273329 मा जानकारी गराउन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...