HomeFeatureकोरोना संक्रमणको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

कोरोना संक्रमणको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

कैलाली, 5 अप्रेल/ हिम शाह

कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर (धनगढी) का थिए। दुबईबाट भारत हुँदै नेपाल आएका ती ३४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि चैत १४ गते नै सुदूरपश्चिममा खतराको घण्टी बजेको हो। त्यो घण्टी त्यसबेला अझ ठूलो आवाजमा गुञ्जन थाल्यो, जतिखेर मुलुकमै पहिलो पटक स्थानीय व्यक्तिमा यसको संक्रमण फैलियो। दुबईबाट आएका ती युवककी भाउजूलाई पनि कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले शनिबारदेखि नेपालमा कोरोनाको दोस्रो चरण सुरु भएको जनाएको छ।

संक्रमित युवककी भाउजूलाई संक्रमण देखिएकै दिन सुदूरपश्चिम प्रदेशमा अन्य दुईजनालाई पनि संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या नेपालमा ९ पुगेको छ । ९ मध्ये चारजना सुदूरपश्चिम प्रदेश कै हुन्।

शनिबार पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवक सीमा क्षेत्रमा हजारौंको भीड छिचोलेर आएको हुनाले यो मामिला जोखिमपूर्ण देखिएको छ। अहिले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो।

‘अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतबाट आएकाहरुको यकीन तथ्यांक छैन। उनीहरुमा पनि संक्रमण देखिन सक्छ’ उहाँले भन्नुभयो, ‘यहीँबाट स्थानीयमा संक्रमण सुरु भएको छ । यो चिन्ताको विषय हो ।’ अहिले आम नागरिक सचेत नभए अवस्था भयावह हुन सक्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...