काठमाण्डौँ, 1 मे
कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 2 लाख 34 हजार 725 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 33 लाख 29 हजार 453 पुगेको छ भने, 10 लाख 53 हजार 40 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 63 हजार 876 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 10 लाख 95 हजार 977 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 27 हजार 967 जनाको ज्यान गएको छ भने, 2 लाख 5 हजार 463 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 24 हजार 543 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या इटालीभन्दा बढी 2 लाख 39 हजार 639 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 24 हजार 376 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 67 हजार 178 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 874 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 642 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 599 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 35 हजार 43 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 154 पुगेको छ। 9 हजार 68 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 59 पुगेको छ। आज बाँके र रुपन्देही जिल्लामा 2 जनामा संक्रमण पुष्टि पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितहरूको कुल संख्या 59 पुगेको हो। त्यसैगरी अहिलेसम्म 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































