नयाँ दिल्ली, 1 मे 2020
भारतमा लकडाउनको अवधि थप 2 साता लम्ब्याईएको छ। यसअघि मे 3 तारिख अर्थात् बैशाख 21 गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे 17 तारिख अर्थात् जेठ 4 गतेसम्म कायम गरिएकाे छ।
भारतमा गत मार्च 25 अर्थात् चैत 12 देखि लकडाउन लागु गरिएको हो। लकडाउनका बाबजुद भारतमा कोरोना भाइरस संक्रमितको संख्या भने दिनप्रती दिन बढिरहेको छ।
शुक्रबारसम्म त्यहाँ 35 हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ, भने 1 हजार 150 जनाको ज्यान गएको छ। अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन्।
तिमध्ये कतिपय सयौँ किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन्।
थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ। ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ।









































