खरसाङ (आर्केश)१४ अप्रेल २०२०
कोरोनाबाट बच्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई अनुरोध गरे तापनि खरसाङ शहरमा त्यस आदेशको पालनमा हेलचेक्र्याईं भइरहेको थियो । यसमा खरसाङ नगरपालिकाले आफ्नै कोशिश चलाइरहेको थियो भने सामाजिक कार्यकर्ताहरूले पनि आफ्नै तरीकाले सर सफाइ गरिरहेका थिए । तर सामाजिक सङ्गठनहरू, नगरपालिका अनि प्रशासनको संयुक्त अभियान चलाइयो भने त्यो सशक्त हुनेछ भन्ने महसुस गरी महकुमा अथिरिटि नगर पार्षदहरू अनि सामाजिक सङ्गठना कार्यकर्ताहरूले सोमबार छलफल गरेका थिए ।

यसरी सामाजिक दूरत्वको पालन गर्ने अनि घरभित्र बस्ने अनुरोध गर्दै कोरोनाबाट बच्नका लागि सचेतना अभियान चलाइरहेको छ । यस कुराको जानकारी मामाजिक कार्यकर्ता अनि नौ नम्बर वार्डका नगर पार्षद विशाल छेत्रीले दिएका छन् । यस अभियानकै कार्यक्रम अनुसार आज शहरको सब्जी बजार क्षेत्रमा औषधी छर्किने कार्य गरिएको छ ।









































