सिलगढी, १४ अप्रेल २०२०
आइडीआरएफ (इन्डियन डेमोक्रेटिक रिब्युलोसनरी फ्रन्ट) का अध्यक्ष डा. क्रिस्टोफर गहतराज अब रहेनन् । उनले मङ्गलबार बिहान ५:३० बजे दिल्लीको सुभाष नगरको ब्लक १७ मा अवस्थित आफ्नै बासस्थानमा नश्वर शरीर त्यागे । एक जनवरी १९५५ मा डुवर्सको लङ्कापाड़ा चियाबारीमा बुवा बेञ्जामीन र आमा जेठी गहतराजको पहिलो सन्तानको रुपमा उनले जन्म लिएका थिए । प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट लिएका क्रिस्टोफर गहतराजले दून बाइबल कलेजबाट विद्यावारिधि गरेका थिए । स्व. सुवास घिसिङको गोर्खाल्याण्ड आन्दोलनमा चर्चामा आएका उनी दागोपाप सम्झौतापछि परिवारै दिल्लीमा सरेका थिए । त्यहाँ उनले सामाजिक कार्यमा सम्लग्न हुँदै २०१३ मा राजनैतिक पार्टी आइडीआरएफ (इन्डियन डेमोक्रेटिक रिब्युलोसनरी फ्रन्ट) को गठन गरे । उनको यो पार्टीको केन्द्रिय दिल्लीमा अनि वर्तमान समयमा छवटा राज्यहरूमा सञ्चालित छ । यस क्रममा १७ औं लोकसभाको चुनाउमा उनी आफै ओर्लिएका थिए । हिजो बेलुका उनलाई मुटुको समस्या परेको थियो । तर अस्पताल जान मानेन् । बिहान हृदयघातको ब्यथाले च्यापेपछि उनले प्राण त्यागे । स्व. गहतराजले आफूपछि श्रीमती, तीन छोरा, एक बुहारी दुइ छोरी लगायत नातानातिना छोड़ी गएका छन् ।
डा. गहतराजको निधनमा आइडीआरएफको दार्जीलिङ जिल्लाका पूर्व अध्यक्ष सञ्जय ठकुरीले संवेदना प्रकट गर्दै उहाँ जस्ता जातिप्रेमी र निजर नेताबाट धेरै कुरा सिक्न पाएको अनि उनको निधनले हाम्रो जाति र समाजको लागि ठूलो क्षति भएको बताउँदै अनको आत्माले चिर शान्ति पाउन् भनी कामना गरेका छन् ।
आइडीआरएफ अध्यक्ष डा. क्रिस्टोफर गहतराजको निधन
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































