ललितपुर, 2 फरबरी,2021
खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागारको भ्रमण गर्नुभएको छ । मन्त्री थापाले मंगलबार नख्खु कारागारको भ्रमण गरी त्यहाँको पानी र सरसफाईको समस्याको बारेमा जानकारी लिनुभएको हो । कारागार प्रशासन र कैदीबन्दीको आग्रह अनुसार भ्रमणमा आएको मन्त्री थापाले बताउनुभयो। करिब २ हजारको हाराहारीमा रहेका कैदी बन्दीहरुलाई एउटा मात्रै धाराको पानीले व्यवस्थापन भइरहेको भन्दै उहाँले पानी र सरसफाइको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेको पनि बताउनुभयो।
मन्त्री थापाले नख्खु कारागारमा विप्लव समुहका नेता हेमन्तप्रकाश वली सुदर्शन लाई पनि भेट गर्नुभएको छ। वली आफ्नो पुरानो साथी भएकाले भेटेको उहाँको भनाई छ। कारागार सफाइ तथा अन्य व्यवस्थापन के कस्तो छ र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा मात्रै कुराकानी भएको र अन्य राजनीतिक विषयमा कुनै कुराकानी नभएको उहाँले बताउनुभयो।









































