बाजुरा, 30 जनवरी 2021
बाजुराको ऐतिहासिक धार्मीक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पनि हेलिकप्टरबाट भ्रमण गर्न सकिने भएको छ। खप्तड होम स्टेको सहयोगमा भोलि (आइतबार) बाट दिपायलदेखि बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। भोलि नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’को शुभारम्भ गर्ने उनले बताए। उक्त प्याकेज माघ २५ गतेसम्म संचालन हुने बताइएको छ। हेलिकेप्टरबाट दिपायल–बडीमालिका जान प्रति व्यक्ति २७ हजार ५ सय तोकिएको जनाइएको छ। बडीमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलिकेप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको होम स्टेका संचालक खड्काले बताए।









































