HomeFeatureगभर्नरले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय...

गभर्नरले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय क्षेत्रहरुलाइ सुझाव

काठमाडौं, 9 नवम्बर 2021

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय क्षेत्रहरुलाइ सुझाव दिनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै उहाले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन सुझाव दिनुभएको हो । उहाले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको स्मरण गर्नुभयो । उहाले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको धारणा राख्नुभयो । गभर्नर अधिकारीले उत्पादनशिल गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा मुलुकको अर्थतन्त्रमा सहयोग गर्ने बताउनुभयो । संघले नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान अध्यक्ष भुव कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन हुनुभएको छ । संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...